गुमाएर होशहरु मात लिएर आएँ ।
माफ गर बिन्ती आज अली पिएर आएँ ।
निराशाका काँडाहरुले कोर्दा कोर्दा च्यातिएको
उध्रिएको जिन्दगीलाई मदिराले सिएर आएँ ।
धेरै जिए अभाव र सम्झौता को जीवन मैले
अलिकती मधुशाला को जिन्दगी जिएर आएँ ।
बाटा हिँड्नेहरु पनि मलाई हेर्दै हाँस्दै हिंडे
अपमानका छालहरुले अलिकती खिएर आएँ ।
गुमाएर होशहरु मात लिएर आएँ ।
माफ गर बिन्ती आज अली पिएर आएँ ।
Read more...